भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ५, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाण्डौ । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् ।

झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस