कार्तिक १२, काठमाडौं । रुसले युक्रेनसँगको जारी युद्धमा पठाउनका लागि घोषणा गरेको सैन्य परिचालन अन्तर्गत तीन लाख रिजर्विस्टलाई बोलाउने काम सकिएको र झन्डै एक चौथाई भन्दा बढी युद्धमैदानमा तैनाथ भइसकेको बताएको छ ।
शुक्रबारको यो घोषणासँगै विवादित नागरिक परिचालन अभियान सकिएको संकेत देखिएको छ । क्रेमलिनमा भएको टेलिभिजन बैठकका क्रममा रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भनेका छन्, ३ लाख मानिसहरूलाई परिचालन गर्ने तपाईद्वारा तय भएको काम पूरा गरिसकेका छन् । थप कुनै योजनाबद्ध उपायहरू छैनन् ।