कार्तिक १४, काठमाण्डौ । भारतको गुजरात राज्यको मोरबीस्थित मच्छु नदीमा झोलुङ्गे पुल भत्कँदा ३२ जनाको ज्यान गएको छ। दुर्घटनामा कैयौँ व्यक्ति नदीमा खसेका र उनीहरु फँसेको आशंका गरिएको छ। प्रहरीले नदीमा खसेका व्यक्तिहरुको उद्धार गरिरहेको छ। करीब एक सताब्दी पुरानो यो पुलको मर्मतपछि हालै सर्वसाधारणका लागि खोलिएको थियो।
मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेका लागि ५० हजार रुपेयाँ राहत दिने घोषणा गरिएको छ।
यस्तै, गुजरातका मुख्यमन्त्री भूपेंद्र पटेलले दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई ४ लाख रुपेयाँ तथा घाइतेका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ।