पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक १४, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाडौ । पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिएका छन् । ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदानको परिणा सार्वजनिक भएसँगै लुला नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनले वर्तमान दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारोलाई झिनो मतको अन्तरले पराजित गरेका हुन् । चुनावमा लुलाले ५०।९ प्रतिशत मत प्राप्त गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले लुलाले विजयी हासिल गरेको घोषणा गरेपनि बोल्सोनारोले आफ्नो हार अझैसम्म स्वीकार नगरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस