बङ्गलादेशमा कार्यालय समय परिवर्तन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक १४, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १४,काठमाडौँ । बङ्गलादेश सरकारले बिजुली अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमवार फेरि नोभेम्बरदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलाउँदै आइएको थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय समय तोकिएको छ ।

अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ ।

सर्वोच्च अदालत, बङ्गलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए ।

इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले बिजुली बचत गर्न र ट्राफिक जाम कम गर्न गएको अगस्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस