भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक २०, आईतबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ ।

साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस