चीनले अन्तरिक्षमा प्रजननबारे अध्ययन गर्न बाँदर पठाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक २१, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । चीनले अन्तरिक्ष स्टेसन तियाङगोङमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ । चीनले शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न अन्तरिक्षमा बादर पठाउन लागेको हो ।

साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई यो प्रयोग अन्तरिक्ष स्टेसनको  सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ । माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’,  झाङले बताए । उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।
तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस