कार्तिक २६, काठमाण्डौ । तालिबानले कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को संकट देखिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओको प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाइएको हो ।
एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कुल जनसंख्याको आधाभन्दा बढी हो ।