जापानमा शक्तिशाली भूकम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ३०, बुधबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाण्डौ । जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर २१७ माइल गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस