सेनेगलको संसद बैठकमा सांसदहरुबीच मुक्कामुक्की !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर १७,काठमाडौँ । सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ । संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।

बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ । सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ ।

राष्ट्रपति म्याकी सालले सन् २०२४ को राष्ट्रपति चुनावमा तेस्रो पटक पनि उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी झनै आक्रामक बनेका छन् । यसअघि गएको सेप्टेम्बरमा पनि संसदको पहिलो बैठकमै सांसदहरुबीच झडप भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस