अफगानिस्तानमा तालिबान सरकारको निर्णय : महिला तथा किशोरीलाई उच्च शिक्षा लिन नपाउने !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ८, शुक्रबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौ । अफगानिस्तानमा तालिबान सरकारले महिला तथा किशोरीलाई उच्च शिक्षा लिन नपाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न सङ्घ संस्था र निकायले महिला अधिकारको सुनिश्चित गर्न र शिक्षामा महिलाको समान अधिकार कार्यान्वयन गर्न अपिल गरेका छन् ।

तालिबान सरकारले पछिल्लो पटक महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको छ । अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै दुःखद रहेको संयुक्त राष्ट्र सङ्घीय अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय वुमनका कार्यकारी निर्देशक सीमा बहाउसले यो निर्णय तुरुन्त सच्याउनुपर्नेमा जोड दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस