छिन क्याङ चीनको विदेशमन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष १५, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १५,काठमाडौँ । चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ ।

अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बनेका थिए । उनि सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका थिए। यसअघि चीनको विदेशमन्त्री वाङ यी थिए ।

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्तिलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्व प्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस