पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० जेष्ठ २७, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । तत्कालै लागू हुने गरी उनले राजीनामा दिएका हुन्।

जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उनिमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उनले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आएका छन् ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उहाँको आलोचना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस