अस्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० जेष्ठ २९, सोमबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाण्डौँ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस