डुङ्गा दुर्घटनामा सयौं पाकिस्तानी मारिए, एक दिनको राष्ट्रिय शोक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० अषाढ ५, मंगलबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । पाकिस्तानले गत बुधवार ग्रिसको समुद्री तट नजिकै भएको आप्रवासी(डुङ्गा दुर्घटनामा मारिएका आफ्ना नागरिकको स्मृतिमा आज एक दिने राष्ट्रिय शोक मनाइरहेको छ ।

गत साता ग्रिसको समुद्री तट नजिकै भूमध्य सागरमा करिब साढे सात सय आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक सयभन्दा बढीले ज्यान गुमाएका थिए भने सयौँ मानिस अझै बेपत्ता छन् ।

दुर्घटनाबाट बाँचेकाहरूले बताए अनुसार उक्त डुङ्गामा कम्तीमा चार सय पाकिस्तानी, २ सय इजिप्सियन र एक सय ५० जना सिरियाली सवार रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । यसरी अवैध रूपमा यात्रा गर्ने पाकिस्तानीमध्ये अधिकांश पाकिस्तान अधीनस्थ आजाद जम्मु कश्मिरका बासिन्दा भएको जनाइएको छ । यद्यपि उक्त डुङ्गामा सवार पाकिस्तानी नागरिकको यकिन सङ्ख्याको भने आधिकारिक पुष्टि भैनसकेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस