फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० अषाढ १४, बिहिबार (१ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ । केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ ।

गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताएको बीबीसीले जनाएको छ । फ्रान्सको राजधानी पेरिसमा अस्ति मङ्गलवार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो ।

युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ ।

राष्ट्रपति इमानुयल म्याँक्रोले गोली प्रहार अक्षम्य बताएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस