भारतलाई सीमा विवाद समाधानका लागि सहमतिमा आउन चीनको आह्वान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । चीनले भारतलाई सीमा विवाद समाधानका लागि सहमतिमा आउन आह्वान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग भएको भेटमा सीमा विवाद सुल्झाउनका लागि सहमतीमा आउन आग्रह गरेको एएफपीले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहेका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शंका गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । भारत र चीनबीचको सम्बन्ध पछिल्लो समय सीमानालाई लिएर बिग्रिएको छ ।

भिसा विवादमा दुई पक्षले एकअर्काका सबैजसो पत्रकारहरूलाई निष्कासन गरेका छन् । लद्दाख क्षेत्र सहित अरुणाचल र कश्मीरमा समेत दुई देशबीच सीमा विवाद रहेको छ । चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।

ताजा अपडेट

खोजी गर्नुहोस