थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौँ । थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो ।

यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस