पाकिस्तानमा संसद्‌ विघटन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । राजनीतिक उथलपुथल र जारी आर्थिक संकटका बीच पाकिस्तानमा संसद् भंग भएको छ । प्रधानमन्त्री शेहबाज शरीफको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार साँझ संसद् भंग गरेका हुन् ।

नेशनल असेम्बली भंग संविधानको अनुच्छेद ५१,१ का आधारमा गरिएको राष्ट्रपति अल्वीले उल्लेख गरेका छन् । संसद् भंग हुनेवित्तिकै मन्त्रीमण्डल पनि पनि भंग भएको छ । तर कार्यबाहक प्रधानमन्त्री नियुक्त नहुन्जेल शरिफ नै पदमा रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस