भारतले पनि क्यानडाली कूटनीतिज्ञ निष्कासित गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । भारत सरकारले पनि क्यानडाका कूटनीतिज्ञलाई देश निष्कासन गर्ने भएको छ ।

क्यानडाले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्न रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निष्कासन गरेपछि भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको हो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका कूटनीतिज्ञलाई बोलाएर निष्कासन गर्ने सरकारको निर्णयबारे जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिन भित्र देश छाड्न भनेको छ ।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को बैठकलाई सम्बोधन गर्दै क्यानेडाली शिख नेता हरदीपसिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस