मेक्सिकोमा आप्रावासी बोकेको ट्रक दुर्घटना हुदाँ १० को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाण्डौँ । दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ।
अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा आइतबार बिहान दुर्घटना हुदाँ २५ जना घाइते भएका छन्।

मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युटलाई उद्धृत गर्दै भनिएको छ कि सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अबैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको थियो।

अधिकारीहरूका अनुसार चालकले ट्रकलाई तीव्र गतिमा चलाएका थिए र ट्रकले अचानक नियन्त्रण गुमाए पछि सो दुर्घटना भएको थियो। दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन्, उनको खोजी भइरहेको छ। सो दुर्घटनामा मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ।

नेसनल माइग्रेसन इन्स्टिच्युट आईएनएमका अनुसार अब आईएनएमले कन्सुलर दूतावास अधिकारीहरूसँग वार्ता गर्नेछ ताकि शवहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने प्रशासनिक प्रक्रिया सुरु गर्न सकियोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस