भारतको सिक्किममा अचानक आएको बाढीका कारण सेनाका २३ जवान बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाण्डौँ । भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् । गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले यो घटनाको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस