सिक्किम बाढी : ज्यान गुमाउनेको संख्या ४० पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २०, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ ।

उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् ।

पानीको बहाव बङ्गालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस