भारतको बिहारमा रेल दुर्घटना हुँदा चार जनाको ज्यान गयो, एक सय जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाण्डौँ । भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी–बिहार–बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस