गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० कार्तिक ६, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक ६,काठमाडौँ । इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन ९पीएलओ० को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने भन्दै आइतबारदेखि गाजा र वेस्ट बैंक दुवै क्षेत्रमा आक्रमण बढाएको हो ।

इजरायलले आक्रमण बढाएपछि १२३ जना प्यालेस्टाइनीलाई नजरबन्द बनाएको जनाइएको छ । समाचार एजेन्सी वाफाका अनुसार गाजापट्टीका ४० जना कामदारसहित कम्तीमा १२३ प्यालेस्टाइनीलाई इजरायली सेनाले आइतबार रातभरदेखि बिहानसम्म छापा मारेर पक्राउ गरेको छ ।

इजरायलले ती छापामा ३७ ‘हमास सदस्यहरू’ पक्राउ परेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस