बङ्गलादेशमा रेल दुर्घटना: १५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० कार्तिक ६, सोमबार (१ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

कात्तिक ६,काठमाडौँ । बङ्गलादेशमा सोमबार दुई वटा रेल ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो। ‘भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ’, सरकारले भने। उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन्। उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे।

ताजा अपडेट

खोजी गर्नुहोस