इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ९, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक ८,काठमाडौँ । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस