गाजामा मृतकको संख्या आठहजार ८०० पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको छ । अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । जसमध्ये तीनहजार ६४८ जना बालबालिका र दुईहजार २९० महिला रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ

इजरायली आक्रमणका कारण गाजाको अवस्था निरन्तर बिग्रिँदै गएको छ । उसले आक्रमणलाई थप सशक्त बनाइरहेको छ ।
इजरायलले गएको मंगलबारयता गाजा आक्रमणका क्रममा आफ्ना १५ सैनिकको ज्यान गएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस