इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० कार्तिक १७, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १७,काठमाडौँ । उत्तरी इरानमा शुक्रवार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

‘लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको ज्यान गएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ’, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले प्रान्तीय मुख्य न्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताए । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आईएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्यालो भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कैयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को शपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस