गाजाको शरणार्थी शिविरमा विस्फोट, ३३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाण्डौँ । मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन्।देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताए अनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन् ।

तर, इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले यस क्षेत्रलाई लक्षित गरेको हो कि भनेर गरिएको प्रश्नमा तत्काल कुनै टिप्पणी गरेको छैन । डाक्टर अल डाकरानले धेरै पीडित महिला र बालबालिका रहेको र अस्पतालमा थप शव ल्याउने क्रममा मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् ।

अल अक्सा अस्पतालमा खिचिएको भिडियोमा सेतो तार पाल मुनि राखिएको धेरै शव र पाँच बालबालिकाको देखाइएको छ । अल मगाजी शिविरका निवासी जमाल अल अलौलले भने कि उनी सुतिरहेका थिए जब अचानक पूरै भवन हामीमाथि खस्यो । सो घर खस्दा आफ्ना दुई बालबालिकाको मृत्यु भएको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस