इजरायली सेना निशाना गाजाको सबैभन्दा ठुलो अस्पताल : ट्याङ्कहरूसहित पसे सयौँ कमान्डो सैनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २९, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौँ । इजरायली सेना प्यालेस्टाइनको गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल–शिफा अस्पताल’ प्रवेश गरेको छ। इजरेलले गाजास्थित अल‍–शिफा अस्पताललाई लक्षित गरेर आफ्ना सैनिकहरूले कारबाही गरेको जनाएको छ ।

अस्पतालभित्र रहेका प्रत्यक्षदर्शीहरूले कमान्डो सैनिकहरू अस्पतालको मुख्य आकस्मिक कक्षमा प्रवेश गरेको बताएका छन् । इजरायली सेनाले अस्पतालका कोठा र बेसमेन्टहरूमा छापा मारिरहेछ। अस्पतालमुनि बनाइएको सुरुङमा हमास लडाकूहरूको मुख्यालय रहेको भन्दै इजरायली सेनाले स्थलगत कारबाहीको मुख्य निशाना नै अल(शिफा अस्पताललाई बनाएको छ। हमासले भने इजरायली सेनाको उक्त दाबी अस्वीकार गर्दै आएको छ।

प्रत्यक्षदर्शीहरूले गाजास्थित बीबीसीका संवाददाता रुस्दी अबु अलुफलाई सयौँ सैनिकहरूले आक्रामक कारबाही गर्दै अस्पताल प्रवेश गर्दाको दृश्य र सैनिक ट्याङ्कहरू परिसरभित्र देखिँदाको क्षणबारे वर्णन गरेका छन्। अस्पतालभित्र परिचालित भएका सैनिकहरूको सङ्ख्या र त्यसको उद्देश्य अझैसम्म प्रस्ट छैन।

योसँगै त्यहाँ रहेका सयौं बिरामी र अस्पतालमा शरण लिइरहेका हजारौं सर्वसाधारणको जीवन सङ्कटमा परेको छ। गाजाका अधिकारहरूका अनुसार इजरायली सेनाले अस्पताल घेराउ गरेकै कारण केही बिरामीसँगै तीन जना नवजात शिशुहरूको मृत्यु भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस