केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कात्तिक ३०, काठमाण्डौँ । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताएका छन् ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

ताना र आठ नदी विकास प्राधिकरण टार्डाले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो । केन्याको मौसम विभागले आउँदो जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस