सोमालियामा भारी वर्षा : बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाण्डौँ । सोमालियामा अक्टोबरको सुरुदेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्– देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस