गाजा क्षेत्रको आक्रमणले अस्पतालमा छैन ठाउँ : भोकमरी कढ्यो, मृतक र घाइतेको संख्या उल्लेख्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ ।

अस्पतालका निर्देशक नाहेद अबु तायमाले बीबीसीसँग भनेका छन्, ‘सयकडौं संख्यामा घाइते र मृतकहरुलाई अस्पताल ल्याइएको छ । खान युनिसमा इजरायलको लगातार बमबारीको बीच अस्पतालको करिडोरमा घाइतेहरुलाई राखेर उपचार गर्न बाध्य भएका छौं । हामीसँग औषधि उपकरणहरु पनि थोरै छ ।’ यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको बताएका छन् । त्यहाँका आधा जनसंख्या भोकमरीको चपेटामा छ । जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै प्यासै बस्न बाध्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस