युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए। आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० जनाभन्दा बढी घाइते भएका छन् । मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ ।

आक्रमणमा प्रसूतिगृहलाई समेत निशाना बनाइएको छ । रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस