जापानमा शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १७, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
जापानमा शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

पुस १७,काठमाडौँ । जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।

यो भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस