पौष २१, काठमाण्डौँ । इजरायल हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् ।