एक बर्षमा अमेरिकाले २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेच्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
एक बर्षमा अमेरिकाले २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेच्यो

माघ १७,काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ ।

अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो । बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठूलो हिस्सा युक्रेनको छिमेकी पोल्याण्डले किनेको छ ।

गएको वर्ष पोल्यान्डले १२ अर्ब डलर बराबरको सैन्य हेलिकप्टर किनेको थियो । शक्तिशाली रकेट प्रणालीका लागि पोल्याण्डले १० अर्ब डलर तिरेको छ भने ३ अर्ब ७५ करोड डलर युद्धपोतका लागि खर्च गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस