भारतले निर्माण गर्‍यो नयाँ मौसम उपग्रह प्रक्षेपण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • ३५ पटक पढिएको
भारतले निर्माण गर्‍यो नयाँ मौसम उपग्रह प्रक्षेपण

फागुन६,काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ ।

मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजो बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ ।

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।

दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस