भारतमा आन्दोलनरत किसान सङ्गठनद्धारा केन्द्र सरकारको प्रस्ताव अस्वीकार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • ४० पटक पढिएको
भारतमा आन्दोलनरत किसान सङ्गठनद्धारा केन्द्र सरकारको प्रस्ताव अस्वीकार

फागुन ७,काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान सङ्गठनले केन्द्र सरकारले गरेको पाँच बालीमा मात्र न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव अस्वीकार गरेको हो ।

अस्ति शनिवार किसानसँगको वार्तामा केन्द्र सरकारले पाँच बालीमा न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव गरेको थियो तर त्यसका लागि किसानले भारतीय राष्ट्रिय कृषि सहकारी बजार महासङ्घ र भारतीय कपास कर्पोरेशनसँग पाँच वर्षे सम्झौता गर्नुपर्ने सर्त राखेको बीबीसी हिन्दीले जनाएको छ ।

पत्रकार सम्मेलनमा किसान नेता जगजितसिंह डल्लेवालले सबै किसानसँगको छलफलपछि सरकारको प्रस्तावलाई किसान सङ्गठनले अस्वीकार गरेको बताएका छन् ।

उनका अनुसार किसानहरूले २३ वटा बालीमा न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था कानुनमै उल्लेख गर्नुपर्ने माग गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस