फागुन १२, लखनउ । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिंदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारण यस दुर्घटनामा परी ठूलो सङ्ख्यामा मानिसले ज्यान गुमाएका हुन ।