मुसलधारे वर्षापछि बाढीको बितण्डा

ब्राजिलमा बाँध भत्किँदा ३० भन्दा धेरैको मृत्यु

६० जनाभन्दा धेरै बेपत्ता
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • १३५ पटक पढिएको
ब्राजिलमा बाँध भत्किँदा ३० भन्दा धेरैको मृत्यु

बैशाख २१, काठमाडौँ । वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा धेरै क्षति भएको बताइएको छ । बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस