लोकसभा निर्वाचन

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३१, सोमबार (११ महिना अघि)
  • ७१ पटक पढिएको
भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

बैशाख ३१, काठमाडौँ । सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ । चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो ।

आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो ।

सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८, जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको हो ।

#लोकसभाको निर्वाचन

ताजा अपडेट

खोजी गर्नुहोस