सीलाई भेट्न पुटिन बेइजिङमा !

बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौँ कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । यस भेटमा दुई देशबीच बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

यसैबीच पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएका खबरमा उल्लेख छ । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा पुटिनले युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुनेगरी सहमतिका लागि रुस बाधक नरहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस