|TOPSHOT - Rockets are fired from Gaza City towards Israel on October 7, 2023. Dozens of rockets were fired from the blockaded Gaza Strip towards Israel on October 7, 2023, an AFP journalist in the Palestinian territory said, as sirens warning of incoming fire blared in Israel. (Photo by MAHMUD HAMS / AFP) (Photo by MAHMUD HAMS/AFP via Getty Images)
जेठ ६,काठमाडौँ । इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो । यसअघि अस्ति शुक्रवार तीन जना बन्धकको शव भेटेको इजरयाली सेनाले बताएको थियो ।
यसैबीच इजरायली युद्ध मन्त्रिपरिषद्का मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिएका छन् । उनले गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छ वटा रणनीतिक लक्ष्य प्राप्त गर्ने योजना नबनाए राजीनामा दिने धम्की दिएको बीबीसीले जनाएको छ ।
उनले योजना बनाउन यही जुन आठ तरिखसम्मको समय दिएका छन् । प्रधानमन्त्री नेतान्याहूमाथि बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन देशभित्र दबाब बढ्दै गएको छ ।