जेठ २२, काठमाडौँ । भारतीय लोकसभा चुनावको मत गणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । डेटनेटका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीए २५७ सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन १६५ सिटमा अगाडि छ । अन्य ३४ सिटमा अगाडि छन् ।
भारतको १८औं लोकसभा चुनाव सात चरणमा भएको थियो । लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो । आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको हो । सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।