रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ अषाढ ४, मंगलबार (१० महिना अघि)
  • ७६ पटक पढिएको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै

असार ४,काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ ।

पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उनको प्रथम भ्रमण सन् २००० मा भएको थियो । रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको भएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हातहतियार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै आक्रमण गर्ने लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस