साउन २१, काठमाण्डौँ । सरकारविरोधी प्रदर्शन उत्कर्ष पुगेसँगै प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरूले यसलाई ऐतिहासिक जित भनेका छन् । बंगलादेश स्वतन्त्रतापछिकै खुसीको दिन भएको भन्दै नारा लगाएका छन् ।
#अन्तरिम सरकार