मुख्यमन्त्री पदबाट राजीनामा दिने अरबिन्द केजरीवालको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (७ महिना अघि)
  • ८२ पटक पढिएको
मुख्यमन्त्री पदबाट राजीनामा दिने अरबिन्द केजरीवालको घोषणा

भाद्र ३०, काठमाण्डौँ ।  दुई दिनअघि जमानतमा छुटेका अरबिन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आम आदमी पाटीका आफ्ना सदस्यमाझ पाटी कार्यलयमा बोल्दै उनले दुई दिनमा मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका हुन्।

उनले भने, ‘भाजपाले ममाथि बेइमानीपूर्ण तरिकाले भ्रष्टाचारको आरोप लगायो। अब जनताको अदालतमा मेरो इमानदारिताको फैसला हुने छ।’

उनले २–३ दिनमा नयाँ मुख्यमन्त्रीको चयन हुने उनले बताए। उनले भने, ‘अब अर्को चुनाव नभइन्जेलसम्म म मुख्यमन्त्रीको कुर्सीमा रहने छुइन।’

उनले मनीष सिसोदियालाई पनि आफूलाई जस्तै आरोप लगाएकाले उनी पनि पदमा नरहने बताए। उनले भने, ‘अब हामी नयाँ चुनाव जितेर पदमा फर्किने छौँ।’

दिल्लीको मदिरा नीतिलाई लिएर अरबिन्द केजरीवाल १ सय ७७ दिन जेलमा बसेका थिए। जहाँ उनलाई जमानत मिलेको छ। भारतको सर्वोच्च अदालतले विभिन्न सर्तसहित उनलाई जमानत दिएको थियो। उनलाई मुख्यमन्त्री कार्यालय गएर काम गर्न र कुनै पनि फाइलमा साइन गर्न प्रतिबन्द लगाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस