मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली, तीन जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (६ महिना अघि)
  • ८२ पटक पढिएको
मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली, तीन जना घाइते

|Soldiers keep watch outside a hospital in Tapachula, Mexico, Oct. 2, 2024, where wounded migrants were transferred after Mexican soldiers fired on a group of 33 migrants traveling in a pick-up truck that had tried to evade a military patrol. (OSV News photo/Jose Torres, Reuters)

असोज १९, काठमाडौँ । मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली भएको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् । दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ ।

उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् । ‘बुधबार भएको घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन’, दूतावासले भनेको छ । यसअघि उक्त घटनामा एक नेपालीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा समाचार आएका थिए ।

अबैधरूपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरू चढेको गाडी मेक्सिको र ग्वाटेमालाको सिमानामा रोक्न आग्रह गर्दा भाग्न खोजेको भन्दै मेक्सिकन सेनाले गोली चलाएको थियो । जुन गाडीमा ११ जना नेपाली सवार थिए । दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस